Kurauni.com is an open blogging platform for all bloggers in Nepal who wish to engage with writing community in Nepal. Submit your relevant articles to with no hassles and promote yourselves.
Showing posts with label Nepali articles. Show all posts
Showing posts with label Nepali articles. Show all posts
Sunday, 26 April 2020
Tuesday, 29 October 2019
धन या सम्पन्नता ? (Wealth or Prosperity)
धन व्यक्तिगत होला तर सम्पन्नता एक सामाजिक कुरा हो |
सबैले अरबौ पैसा मागे। लक्ष्मी माताले पनि ल गरि खाऊ भनेर दिइन। सबैले अब सुति-सुति खाने हो भन्ठाने । भोलि पल्ट छिमेकीले पनि अरबौ पैसा बरदान स्वरुप पाएको थाहा भो ।
मन कटक्क खायो । सबैले मनमनै आफैलाई सरापे "थुइक्क म! तेत्रो लक्ष्मीमाता प्रकट भै के माग्छौ माग भन्दा मैले आफुलाई मात्रै अरबौ सम्पति दिनुहोस अरुलाई गरिब नै राखी दिनुहोस भन्नु पर्ने थ्यो" । केहि छैन अफुसग पनि त अरबौ सम्पति भयो नि भनेर चित्त बुझाए।
सबै जना सुति-सुति खान थाले।
केहि दिन पछि टमाटर गोटाको एक लाख पर्ने भो। पचास हजारमा एउट पियाज आयो। अरबौ पैसा केहि दिनमै सकियो। सबैलाई किसानले मूल्य बढाएको भन्ने लाग्यो।
किसानलाई ठिक पार्नु पर्छ भन्दै सबै किसानका घर तिर हानीए। किसानलाई डि. भी. परेको रहेछ। जगा-सगा बेचेर कुम्लो-कुटुरो कस्दै रहेछन।
किसानका मलिलो जगा धमाधम प्लटिङ्ग भैरहेको रहेछ। किसानलाई देख्नासाथ सबैले सोधे "लक्ष्मी माताले के आसिर्बाद दिनुभयो?" किसान ले भने, " मैले मलाई मेहनती हुने प्रेरणा मिलोस, जोस जागर बढोस, धेरै भन्दा धेरैले मैले उब्जाएको अन्न खान पाउन। समाजमा कोइ भोको नबसोस। म एउटा धनि हुदा समाज नै धनि हुन सक्दैन।
सम्पनता एक सामाजिक कुरा हो।
कि मेरो समाजलाई नै सम्पन्न गराऊ, कि मलाई नै सम्पन्न समाजमा लैजाऊ भनेर मागे।"
यो लेख दिवाकर सिग्देल को फेसबुक पोस्टमा प्रकाशित गरिएको थियो ।
कुरौनीमा आफ्नो लेख प्रकाशित गर्न articles@kurauni.com मा इमेल गर्नु सक्नु हुन्छ ।
Subscribe to:
Posts (Atom)
