Tuesday 29 October 2019

धन या सम्पन्नता ? (Wealth or Prosperity)

धन व्यक्तिगत होला तर सम्पन्नता एक सामाजिक कुरा हो |

Nepali Currency. Picture Credit: Kurauni.Com


सबैले अरबौ पैसा मागे। लक्ष्मी माताले पनि ल गरि खाऊ भनेर दिइन। सबैले अब सुति-सुति खाने हो भन्ठाने । भोलि पल्ट छिमेकीले पनि अरबौ पैसा बरदान स्वरुप पाएको थाहा भो ।
मन कटक्क खायो । सबैले मनमनै आफैलाई सरापे "थुइक्क म! तेत्रो लक्ष्मीमाता प्रकट भै के माग्छौ माग भन्दा मैले आफुलाई मात्रै अरबौ सम्पति दिनुहोस अरुलाई गरिब नै राखी दिनुहोस भन्नु पर्ने थ्यो"। केहि छैन अफुसग पनि त अरबौ सम्पति भयो नि भनेर चित्त बुझाए।

सबै जना सुति-सुति खान थाले। 

केहि दिन पछि टमाटर गोटाको एक लाख पर्ने भो। पचास हजारमा एउट पियाज आयो। अरबौ पैसा केहि दिनमै सकियो। सबैलाई किसानले मूल्य बढाएको भन्ने लाग्यो। 
किसानलाई ठिक पार्नु पर्छ भन्दै सबै किसानका घर तिर हानीए। किसानलाई डि. भी. परेको रहेछ। जगा-सगा बेचेर कुम्लो-कुटुरो कस्दै रहेछन। 
किसानका मलिलो जगा धमाधम प्लटिङ्ग भैरहेको रहेछ। किसानलाई देख्नासाथ सबैले सोधे "लक्ष्मी माताले के आसिर्बाद दिनुभयो?" किसान ले भने, "मैले मलाई मेहनती हुने प्रेरणा मिलोस, जोस जागर बढोस, धेरै भन्दा धेरैले मैले उब्जाएको अन्न खान पाउन। समाजमा कोइ भोको नबसोस। म एउटा धनि हुदा समाज नै धनि हुन सक्दैन। 

सम्पनता एक सामाजिक कुरा हो। 

कि मेरो समाजलाई नै सम्पन्न गराऊ, कि मलाई नै सम्पन्न समाजमा लैजाऊ भनेर मागे।"

यो लेख दिवाकर सिग्देल को फेसबुक पोस्टमा प्रकाशित गरिएको थियो । 
कुरौनीमा आफ्नो लेख प्रकाशित गर्न articles@kurauni.com मा इमेल गर्नु सक्नु हुन्छ । 

Friday 23 August 2019

एचआईभी सक्रमित मानिस कसरी कामदारको रुपमा विदेशियो ?

एचआईभी भएको मानिस कसरी कामदारको रुपमा विदेशियो?:- हराएको पासपोर्टको अनौठो मोड।



दैनिकी रुपमा पासपोर्ट हराएको धेरै घटना हामी पत्र पत्रीकामा देख्ने गर्छौ, कोहि आफैले हराएको हुन्छन त कुनै म्यानपावरको लापरबाहीले । म कतारको एक कन्स्ट्रक्सन कम्पनीमा मानव स्रोत अफिसरको रुपमा काम गर्थे। मैले काम सुरु गरेको केही दिनमै एक पासपोर्ट हराएको हल्लाले पुरै अफिसमा तहल्का मच्चियो। के कसरी हरायो, बुझ्नै सकिएन। यो घटना एकदम अचम्मित पार्ने रुपमा आयो, तर यसले देखाएका केही प्रश्नहरुले हाम्रो वैदेशिक रोजगारको क्रममा आउने कालो ब्यापारिक मनस्थितिको असर देखाउद छ, विशेष गरि स्वास्थ जाच गर्ने ल्यावहरुको वारेमा ।

कतार पुगे पछि त्यहाको बसोबासको कागज बनाउन कम्पनीले तीन महिनाको लागि पासपोर्ट आफ्नो साथमा राख्ने गर्छ। तर यो क्रमको बिचमा हुने स्वास्थय जाँच र बायोमेट्रीकको लागि कामदारले पासपोर्ट आफ्नै हातमा राखेर सम्बन्धित ठाउँमा जानू पर्ने हुन्छ। तसर्थ नया आएका कामदारलाई सुरुवाती प्रक्रियाको लागि ती दुई दिन पासपोर्ट दिने गरिन्छ। हामी पनि त्यस्तै गर्थ्यौ। पहिले स्वास्थ जाँच हुन्थ्यो अनि त्यस पछि बायोमेट्रीक। कतारमा पुगेका केही दिन भित्रमा मेडिकल चेक अप गर्नु पर्ने हुनाले त्यस समय नयाँ आएका करिब १५ जना नेपालीलाई मेडिकलमा लगियो। फर्केर आए पछि उनिहरुले पासपोर्ट बुझाए अनि त्यही पासपोर्ट हाम्रो साइट अफिसको कर्मचारीले अफिस भ्यान ड्राइभर द्वारा मुख्य अफिसमा पुग्यो।


दुई दिन पछि खबर आयो, दिइएको पासपोर्ट मध्य एक फिर्ता पुगेको छैन। यो खबरले हामी साइट अफिसमा काम गर्ने केहि कर्मचारीलाई पिरोल्न सुरु गर्यो। म त्यो अफिसमा नयाँ भएकोले पासपोर्टको आवत जावतमा मेरो कुनै भुमिका थिएन। तर मुख्य अफिसबाट पासपोर्ट खोजमा सहयोग गर्नु भन्ने सन्देश आएकोले मैले ती कामदारलाई बोलाएर कुरा गरे। मधेस क्षेत्रको, नेपाली त्यति प्रष्टसंग बोल्न नसक्ने अनि एक साधरण पढलेख गरेको हुनुहुदो रहेछ। केही बर्ष साउदीमा काम गरि केही समय नेपालमा बस्नु भएको अनि फेरि पैसा कमाउन उहाँ कतार आउनु भएको थियो। उहाँको उत्तर थियो, "मैले त्यही दिन सेक्युरिटी गार्डलाई दिएको थिए।" । उहाँबाट आएका सबै पासपोर्टहरु हाम्रो बिभागहुँदै मुख्य कार्यलयमा जाने गर्थ्यो। त्यही पासपोर्टमात्र हराउनु आफैमा एक प्रश्न थियो।

भोलिपल्ट बिहानै साइट अफिसमा बस्ने कामदार माझमा एक कुरा फैलिन थाल्यो, ती आएका नयाँ कामदारको बारेमा। म अफिसमा पुग्न नपाउदै मेरो म्यानेजरले मलाई फोन गरेर नेपालमा हुने मेडिकल प्रक्रियाको बारेमा सोध्नु भयो। मैले जानेको जति सबै बताइदिए। अनि उहाँले ती कामदारको काम भोलि देखि बन्द गरेर अझ कडासंग सोधपुछ गर्नु भनी सुझाव दिनु भयो।

मैले ती कामदार दाइलाई अफिसमा बोलाएर घटनाको अझ बृहत रुप जान्ने कोशिश गरे। कतारमा तपाईंको अरु को को आफन्त अनि साथीहरू छन? कतार आए पछि को को संग भेट गर्नु भयो? मेडिकलको दिन पछि को को संग भेट गर्नु भयो? फोन चेक गरे, त्यस्तो केही पत्ता लागेन। उहाँ एक उहाँ सोझो प्रवृत्तिको मान्छे भएको कुरा उहाँको बोलिबाट प्रष्ट हुन्थ्यो। गल्ती उहाँबाट भएको हो भन्ने कुनै आधारनै थिएन।


उहाँलाई एचआईभी सक्रमित हुनुहुदो रहेछ । तसर्थ पासपोर्ट हराउनु शंकास्पद थियो। कतै ती कामदार आफैले लुकाएर कतै बाहिरी कम्पनीमा काम गर्न खोजेको त हैन भन्ने सबैमाझ यो प्रश्न थियो। त्यो भन्दा ठुलो प्रश्न यो थियो कि एक एचआईभी सक्रमित मानिस कसरी विदेशियो ? के उसले स्वास्थ जाच गर्दा यी कुरा पत्ता लागेको थिएन? यी कुराको राम्रो संग भित्री ज्ञान भएकोले मलाई भने कुनै आश्चर्य भएन। नेपालमा जे पनि सम्भव छ।

मेडिकल रिपोर्टको केही कुरा नभनी मैले ती कामदार दाइलाइ तपाई कसरी कतार आउनु भयो भनेर सोधे । गौशालाको एक म्यानपावरलाई करिब १ लाख २० हजार पैसा बुझाएर आउनु भएको रहेछ। मेडिकल अनि अरु खर्च अलग्गै । मैले सोधे, मेडिकलमा कुनै समस्या त थिएन? उहाँको उत्तर थियो, अह केही थिएन, सबै पास भएर आएको। कतारको नियम अनुरुप उहालाई काम गर्ने अनुमती हुदैन थियो, तसर्थ उहाँलाई चाडो भन्दा चाडो नेपाल फर्काउनु पर्ने योजना भयो। त्यसको लागि नेपाल दूतावासबाट यात्रा अनुमतिपत्र लिएर केही दिन भित्र उहालाई नेपाल फिर्ता पठायौं। जाने बेलामा क्याम्प बोसले उहा एचआईभी सक्रमित भएको र अब फेरि कतार फर्केर आउन नसक्ने कुरा बताइदिनु भयो ।

त्यो समय सम्म कतार जान सामन्यता मेडिकलको कुनै कागजपत्रको जरुरत हुदैन थियो। तसर्थ वैदेशिक रोजगारीको लागि जान सामन्य ल्यावबाट डुब्लिकेट स्वास्थ जाँच पत्र भए पुग्छ। बिशेष त यस्ता पत्र कोहि कोहि कामदारले आफ्नै रिक्समा अनि कुनै कुनै पत्र म्यानपावर एजेन्टले ल्याव संग मिलेर बनाउने गर्दछ।


कुरा छर्लङ्ग थियो। ती दाइले मेडिकल गर्दा एचआईभी सक्रमित भएको पत्ता लाग्यो। यो कुरा उहालाई गाउँबाट ल्याउने दलालले थाहा पाए पछि आफैले नक्कली पत्र बनाएर उहालाई मेडिकल फिट छ भनी भनी दियो। किन गर्यो भन्ने कुरा बुझ्न त्यति सोची रहनु पर्दैन। त्यो समयमा नेपाल सरकारले फ्री भिषा फ्री टिकटको अवधारणा ल्याइ सकेको थियो। तसर्थ कामदारले बिदेश उड्नु भन्दा केही दिन अघि एक पत्रमा सहि गर्ने गर्छन जहाँ लेखिएको हुन्छ मेरो सेवा शुल्कको लागि मैले यो म्यानपावरमा मैले एक रुपैया पनि तिरेको छैन । म बिदेशीदा त ८० हजार नगद लिएर कागजमा सहि गराए पछि भिडियोमा पनि बोल्न लगाइएको थियो, “सेवा शुल्क बाट मैले १० हजार मात्र बुझाएको छु र यो म्यानपावर या कुनै अरु मानिसलाई मैले अरु केही रकम बुझाएको छैन।“

कम्पनीले फ्री भिसा फ्री टिकटको साथमा म्यानपावरलाई मेडिकल, श्रम अनि केही अतिरिक्त शुल्क पनि बुझाउने हुनाले त्यहा पैसको निक्कै चलवल हुन्छ। ति दाइको सन्द्रभमा स्थानीय म्यानपावर प्रतिनिधिलाई १ लाख २० हजार मध्यबाट कम्तीमा ४० हजार सम्मको भाग परेको हुनु पर्छ। तसर्थ ती दाइको मेडिकल फेल भएको खवर ती आफै संग राखियो र बिदेश पठाइयो। उ फर्केर आउने निश्चित थियो, तर त्यस समय घुमाउरो पारामा पैसा नदिए पुग्थ्यो । पहिलो कारण पैसा बुझाएको केही प्रमाण थिएन जहाँ कानुन केही लाग्दैन भन्ने उनीहरुको सोच हो। दोश्रो कारण मेडिकल जाँच गर्दा एचआईभीको संक्रमण झ्याली अवस्था (Window period) मा थियो भनेर भनिदेए पुग्छ। सोझो मानिसलाई के थाहा हुन्छ र यस्तो कुरा? यसै पनि एचआईभी छ भने पछि लाजले मानिस आफै लुकेर हिड्छन, न्याय माग्न उ कहाँ जाला र?

त्यस्तै एक अर्को प्रसङ्गमा एक जना दाइलाई बिगतको समयमा क्षय रोग भएको हुनाले कतारमा गरिने उहाँको मेडिकल जाँच असफल भयो। उहाँलाई पनि भ्रममा राखेर बिदेश पठाइएको थियो। यो थाहा भए पछि उहाँले म्यानपावरको कर्मचारीलाइ भन्नू भएको रहेछ, फर्केर आए पछि मैले बुझाएको १ लाख २० हजार सबै असुल्छु। त्यहा मेडिकल ल्याव देखि म्यानपावर सबै अप्ठ्यारोमा पर्ने भएकाले र उहाँ अलिक बोल्न सक्ने मानिस हुनाले म्यानपावरले उहाँलाई चुप राख्न अर्कै खेल खेल्यो। कानुन अनुरुप बिदेशीएको ९० दिन भित्र मेडिकल जाँच असफल भएको भनी फिर्ता आउनु परेमा आफुले बुझाएको सबै पैसा कामदारले फिर्ता माग्न सक्छन । यी सबै पैसाको चलखेलमा कामदार मगाउने कम्पनीको कर्मचारीलाई पनि केही भाग पर्ने भएको हुनाले ती दाइलाइ ९० दिन बिति सके पछि मात्र कतारबाट पठाइयो। त्यो पनि ९० दिन काम गरेको धेरै पैसाको भुक्तानी नगरी ।


हामीले काम गरेको कम्पनीमा यदि कुनै कामदार १ बर्ष भन्दा पहिले फर्कने चाहाना गर्छ भने कम्पनीले ती कामदारलाइ ल्याउन तिरेको सबै शुल्क उसले फिर्ता गर्नु पर्ने हुन्छ। ९० दिन कटे पछि फिर्ता हुनु भएको उहाँले न त पैसाको दाबीनै गर्न पाउनु भयो नत्र काम गरेको पैसा नै पाउनु भयो। दुई तिरै बाट मारमा पर्नु भयो ती दाइ अनि एचआईभीले ग्रस्त भएका ती दाइको जस्तै घटना धेरै छन। मेडिकल ल्यावमा हुने मनमानीले निक्कै नेपाली पिडित छन।

फ्री भिषा र फ्री टिकटको नक्कली रुपको बारेमा त बयान गरि सक्नु छैन र यहाँ सबैलाई थाहा भए पनि बोल्ने कोहि छैन तर अर्को नबोलेको पाटो हो, मेडिकल ल्यावमा हुने मनमानी। म त्यस कम्पनीमा काम गर्दा थुप्रै यस्ता घटना देखे जहाँ ५% मानिस मेडिकल फेल भएर फर्किन्थे। प्राय यी सबै केशमा कामदार अनबिग्य हुन्थे अनि प्राय सबैले ८० हजार देखि १ लाख २० हजार सम्म बुझाएका हुन्थे।

साउदी र मलेसिया बाहेक अरु देश जान जुन सुकै ल्यावको मेडिकल रिपोर्ट भए पनि पुग्छ। त्यस समयमा बिदेशीनुको लागि सामन्यत एक पल्ट स्वास्थ जाचको लाग्ने रकम ४५०० थियो, जुन ल्यावको भागमा २५०० अनि बाकी कमिसनको रुपमा दलाललाई २००० फिर्ता जाने गर्थ्यो। बिदेशमा जादा असर नगर्ने खाले केही सानो दाग देखिएमा ल्यावले यो पनि भन्ने गर्छन, यो दाग मेट्टाउने औसधि एक महिना सम्म खानु पर्छ, त्यसको अलग खर्च ३००० जति। नखाए फर्केर आएको खण्डमा मेडिकल ल्याव जिम्मेवार हुनेछैन। आफ्नो लागि अनुकुल होस भनेर धेरै कामदारले यस्ता औसधि लिने गर्छन।

यो बिषयमा जति बोले पनि माफियाहरुको खेलले गर्दा यी अवस्थामा सुधार हुने संकेट त नदेखिएला,त्यही पनि एक जिम्मेवार नागरिकको रुपमा यी कुरा आफ्नो पाठक माझ राख्नु मेरो कर्तव्य हुदछ, यहि आशामा कि कसैले त यसको बारेमा सोची देला कि?

चाहिएको समयमा नक्कली रिपोर्ट बनाउन सकिने प्रावधानले जहाँ धेरै नेपाली आर्थिक रुपमा प्रभावित छन, संबेदनसिल स्वास्थ अवस्थाको जाँच मापदण्ड नहुनु आफैमा बिदेशिदा धेरै नेपालीको मृत्युको कारण बन्दछ। यो बिषयमा जति बोले पनि माफियाहरुको खेलले गर्दा यी अवस्थामा सुधार हुने संकेट त नदेखिएला,त्यही पनि एक जिम्मेवार नागरिकको रुपमा यी कुरा आफ्नो पाठक माझ राख्नु मेरो कर्तव्य हुदछ, यहि आशामा कि कसैले त यसको बारेमा सोची देला कि?



Blog written by-
https://twitter.com/authorsuraj

Visit my personal blog at:
https://surajghimire.com

Thursday 30 May 2019

What is your Favourite Food? #MyFavFood #Kurauni


#Kurauni
is a delicious Nepali food(a sweet dessert), so we are.

In our coming days, we try to spread sweetness (happiness) among people. 

https://kurauni.com is a new online portal in town which will be released soon. 

Till then, Kindly wait and you may comment below what is your favorite food? 

If you have any articles for publishing or If you would like to be part of this movement,  

you can mail to contact[at]kurauni.com