कुरौनीको लागी लेख लेख्नुहोस्

Welcome to Kurauni Blog

स्वागत छ तपाइलाइ कुरौनीको व्लगमा ।



कुरौनी नेपाली पाठकहरुको साहित्य, विचार अनि  रिसर्चको लागि  एक नया चौतारी हो । हाल हामी सुरुवाती समयमा छौ

कुरौनीमा लेख्दा मलाइ के फाइदा? 
कुरौनीले तपाईको लेख कुनै विवादित नभएको खण्डमा बिना कुनै अवरोध प्रकाशित गर्ने छ।

कुरौनी वेबसाइटको मोडलमा गए पछि तपाईंको लेखहरुले कमाएको पैसाको भाग तपाईलाई पनि आउने छ, तसर्थ यसमा लेख्दा विना कुनै अवरोध तपाई आफ्नो लेखको लागि पारिश्रमिक पाउनु हुनेछ।

कस्तो लेख कुरौनीले प्रकाशित गर्दछ?

  1. हामी आफै या हाम्रो लेखकद्वारा कुनै पनि प्रकारको समाचार प्रकाशित गर्दैनौ। हामी केवल तपाईका साहित्य (कथा, कविता, मुक्तक), बिचार, रिसर्च अनि तपाईंको अनुभवहरु प्रकाशित गर्नेछौं ।
  2. तपाई आफ्नो लेख अनि रचनाको रुपमा हामीलाई  किताब अनि चलचित्रको समिक्षा पनि पठाउन सक्नु हुन्छ।
  3. बिज्ञान प्रबिधि, अर्थशास्त्र, सामाजिक बिज्ञान र शिक्षा साथै  तपाईंले बुझेका कुनै पनि लेखहरु लेख्न सक्नु हुनेछ
  4. यो लेखहरु तपाईद्वारा आफै लेखिएको हुनु पर्नेछ। हामी कपि पेस्ट गरिएका लेख अनि रचना प्रकाशित गर्दैनौ। यदि तपाई स्व्यमले लेखेका ती रचना पहिले अरु कतै लेखिएका भए प्रथम प्रकाशित कहाँ भएको त्यो खुलाउनु पर्नेछ।
  5. राजनीतिक पार्टीलाई एक तर्फी समेट्ने र धर्मको बादविवादको कुनै पनि लेख हामी प्रकाशित गर्दैनौ।
  6. हालको लागि हामी नेपाली अनि अङ्ग्रेजी भाषाका लेखहरु मात्र प्रकाशित गर्दछौ।
  7. लेख पठाउदा तपाईंले आफ्नो नाम, शहर अनि आफ्नो पेशा उल्लेख गर्नु होला। लेख/रचनाको शिर्षक, प्रकार अनि त्यो लेखको लागि कुनै आफैले खिचेको चित्र भए चित्र पनि राख्नु होला। त्यो लेख लेख्दा केही बाहिरी श्रोतको कुनै लेख प्रयोग भएको खण्डमा त्यो श्रोत पनि उल्लेख गर्नु पर्नेछ ।
  8. हामीलाई लेख पठाउन articles [at] kurauni [dot] com वा  kurauniofficial [at] gmail [dot] com मा पठाउनु होला।


के म मेरो लेख/रचना कुरौनीबाट अप्रकाशित गर्न सक्दछु?
हजुर, तपाईंको लेख केवल तपाइकै हुनेछन। तपाईंको लेख कुरौनीबाट हटाउन तपाई हामीलाई इमेल गर्नुहोस।


मलाई  कुरौनीको बिचार मन पर्यो, म कुरौनीसंग काम गर्न चाहान्छु, के गर्नु पर्ला?

हजुरको इच्छाको लागि धन्यवाद । हालमा हामीले कुनै पनि पद खुलाएका छैनौ। हामी सबैले एक स्वेच्छिक श्रमदान गरेका छौ। यदि तपाई स्वेच्छिक श्रमदान गर्न चाहानु हुन्छ भने हामीलाई इमेल गर्नु होला। अ, तपाईंको लेख द्वारा तपाईं हामी संग जोडिन सक्नु हुन्छ।

मैले जान्न खोजेको बिषय यहाँ पाइन नि?

तपाईंले अझै केही नबुझ्नु भएको खण्डमा तपाईंको प्रश्न सहित हामीलाई इमेल गर्नु होला।


Kurauni.com is a blogging platform for articles related to Nepal/Nepali.

It is a part of Nepal to Mars.


No comments:

Post a Comment

हाम्रो लेख पढी कमेन्ट गरी दिनु भएकोमा धन्यवाद